धोबीखोला हडप्ने पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराज अनधिकृत संरचना हटाउन तयार भए


काठमाडौं । धोबीखोला हडप्ने मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश झा अहिराज अनधिकृत संरचना हटाउन तयार भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित देवीनगरमा सरकारी जग्गा हडपेर बनाएको दुई तले अनधिकृत संरचना हटाउन उनी तयार भएका हुन् ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी अनुसार डा. राजेश झाले सरकारी जग्गामा बनाएको अनधिकृत संरचना हटाउन तयार भएका छन् । वडा कार्यालयले सरकारी जग्गा हडपेको विषयमा सप्रमाण उपस्थित हुन पत्र काटेपछि उनी सरकारी जग्गामा बनाएको अनधिकृत संरचना हटाउन तयार रहेको वडाध्यक्ष केसीको भनाइ छ । झाले वडा कार्यालयमा उपस्थित भएर सरकारी जग्गामा संरचना निर्माण गरेको स्वीकार गर्दै आफैं हटाउने प्रतिबद्धता जनाएकाे वडाध्यक्ष केसीले जानकारी दिए ।

स्वास्थ्य लाइभले मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले धोबीखोला हडपेर घर बनाएको खुलासा गरेको थियो । त्यसलगत्तै १० नम्बर वडा कार्यालयले सप्रमाण उपस्थित हुन पत्र काटेको हो । आईतबार उनी वडा कार्यालय पुगेर अनधिकृत संरचना हटाउने प्रतिबद्धता जनाएर फर्किएका हुन् । यो विषयमा सोध्न स्वास्थ्य लाइभले पटक-पटक सम्पर्क गर्दा डा. अहिराजले फोन उठाएनन् ।

काठमाडौं महानगरपालिका वडा नम्बरको सिट नम्बर १०२११४६०२ को कित्ता नम्बर ४३१  को दुई आना जग्गामा डा. राजेशले २ तले घर बनाएर भाडा खाइरहेको छन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा सरकारी जग्गामा बनाएको उक्त संरचना हटाउन आफू तयार रहेको बताएपनि अहिलेसम्म हटाएका छैनन् । फेरि वडाध्यक्षसँग त्यस्तै प्रतिबद्धता जनाएको पाइन्छ । तर, डा. अहिराजले सरकारी जग्गामा बनाएको अनधिकृत आफैं हटाउँछन् भनेर विश्वास गर्ने ठाउँ भने देखिँदैन ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. राजेश अहिराज झा, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com