एक नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई विवादित भूमाफिया चाम्लिङको घरमा छिरे


काठमाडौं । एक नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई कोरोनाकलमा सरकारी जग्गा हडप्ने विवादित भूमाफिया इन्द्रकुमार चाम्लिङको घरमा छिरेका छन् । भूमाफिया चाम्लिङले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाउने तयारी गरिरहेकाबेला उनले शक्ति प्रदर्शन गर्न थालेका छन् ।

भूमाफिया चाम्लिङले सरकारी जग्गा हडपेर ८/१० वटा घर टहरा बनाएर भाडा खाएको तथ्य सार्वजनिक भइरहेको बेला विवादित व्यक्ति चाम्लिङको घरमा पूर्व मुख्यमन्त्री राई छिरेका हुन् । राजनीति पहुँच र प्रभाव देखाएर सरकारी जग्गामा रजाईं गरिरहेका चाम्लिङले पूर्व मुख्यमन्त्री राईलाई घरमा बोलाएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई ‘साईको’ दिन खोजेको स्थानीयहरू बताउँछन् ।

राई ३ बजेर १४ मिनेट जाँदा भूमाफिया चाम्लिङको घरमा छिरेका हुन् । स्वास्थ्य लाइभका प्रतिनिधिले पूर्व मुख्यमन्त्री राई चाम्लिङको घरमा प्रवेश गर्दै गर्दा गाडीको फोटो खिच्न भ्यायाएका छन् । पूर्व मुख्यमन्त्री राई बा ९ च ३९९ नम्बरको टोयटाको फर्चुनर गाडीमा चढेर चाम्लिङको निवासमा छिरेका हुन् ।

अल्फबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत मेयर बालेनविरुद्ध लागेका थिए । उनले सामाजिक सञ्जालमा जोहोरी नै खोजेका थिए । त्यस्तै भूमाफिया चाम्लिङले ३ रोपनी बढी सरकारी जग्गा हडपेर बनाएको संरचनामा डोजर लगाउने बेलामा पूर्व मुख्यमन्त्री राईलाई उन ले निवासमा बोलाएर शक्ति प्रदर्शन गरेका हुन् । तर पूर्व मुख्यमन्त्री राई भने आफू बाटो परेर छिरेको दाबी गर्छन् । प्रदेशसभाको टिकट वितरण का लागि सल्लाह गर्न आफू चाम्लिङकोमा गएको र कफी खाएर निस्केको उनको भनाइ छ ।

 

चाम्लिङसँगै सरकारी जग्गा हडप्ने एमाले सिन्धुलीका नेता हेमराज घिसिङ पनि चाम्लिङसँगै रहेका छन् । त्यस्तै सरकारी जग्गा हडपेर संरचना बनाइ भाडा खाने मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पनि त्यहीं छन् । महानगरले डोजर लगाउन खोजेको विवादित व्यक्तिको घरमा छिरेर पूर्व मुख्यमन्त्री राई विवादमा तानिएका छन् । चाम्लिङलाई सरकारी जग्गा हडपेर संरचना खडा गर्न राईले समेत संरक्षण र आड भरोसा दिएको आरोप लाग्दै आएको छ ।

यस्तो छ पूर्व मुख्यमन्त्री शेरधन राईको दाबी 

बाटाे परेकाले छिरेकाे हुँ । प्रदेश सभामा उठ्नेहरुकाबारेमा जानकारी लिने विषयमा बाेलाउनु भएकाे थियाे । उहाँकोमा विभिन्न व्यक्ति दबावका लागि पुगेका रहेछन् त्यही भएर मलाई बाेलाउनु भएकाे थियाे । म कफी खाएर निस्किए । उहाँ पनि ‘बिजी’ भएर बाहिर निस्कनु भयाे । जग्गाको के-के विवाद छ क्यारे ! तर, निर्वाचनबाहेक केही विषयमा कुरा भएन ।

 

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : ## भूमाफिया, #एमाले नेता हेमराज घिसिङ, #पूर्व मुख्यमन्त्री शेरधन राई, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com