जब प्रदीप पौडेलले डा. भोला रिजाललाई भेटे


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभाका चुनावमा कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका प्रदीप पौडेलले भोला रिजाललाई भेटेका छन् ।

पौडेलका अनुसार चुनावी अभियानका क्रममा आज वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालको निवास चक्रपथमा भेटेका हुन् । उनले रिजाल र उनको परिवारसँग छलफल र अन्तरक्रियामा समेत गरेका छन् । ‘उहाँबाट प्राप्त शुभकामना र आशिर्वाद प्रति हार्दिक आभार व्यक्त गर्दछु’, पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

पौडेलले वरिष्ठ चिकित्सक डा. रिजालसँग महत्त्वपूर्ण सुझाव समेत लिएका छन् । कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले संविधनसभामा चुनाव जितेको उक्त क्षेत्रमा उनको उत्तराधिकारीको रुपमा पौडेल चुनावी मैदानमा होमिएका छन् । युवाहरुले रुचाएका नेता पौडेल एमालेका वरिष्ठ नेता एवं उक्त क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । केही स्वतन्त्र उम्मेदवार रहेपनि काठमाडौं-५ मा पौडेल र पोखरेलबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ ।

पौडेलले काठमाडौं-५ का बौद्धिक व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रमलाई तीब्रता र निरन्तरता समेत दिएका छन् । सोही क्रममा उनी आज डा. रिजाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

कोरोनाकालका मेडिकल सामग्री खरिदमा ओम्नी काण्डमा मुछिएका पोखरेललाई पौडेलको बलियो प्रतिस्पर्धीको रुपमा उक्त क्षेत्रमा हेरिएको छ । प्रतिस्पर्धी धेरै भएपनि उक्त क्षेत्रमा ती दुईमध्ये एकले जित्ने अनुमान गरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #इश्वर पोखरेल, #डा.भोला रिजाल, #नेकपा एमाले, #नेपाली कांग्रेस, #प्रदीप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com