लैङ्गिक समानताकाे विषयलाई संसदमा प्रवेश गराउँछौ : बलायर


काठमाडौं । वीरबहादुर बलायर कैलाली क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उठेका लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । भौतिक पूर्वाधार मन्त्री समेत भइसकेका कांग्रेस नेता बलायर एमालेका उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धामा छन् ।

निर्वाचित भएर आएपछि लैङ्गिक समानताकाे विषयलाई संसदमा प्रवेश गराउने बलायरको प्रतिबद्धता रहेको छ । मंसिर ४ गते आईतबार हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनबाट संसदमा छिर्ने दाउमा रहेका बलायरको लैङ्गिक समानता विषयमा यस्तो छ धारणा :

नेपाली समाजलाई बालबिबाह, महिलाहरूको महिनावारीमा विभेद , लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार जस्ता विभिन्न कुराले गाजेको छ । यी विषयहरुलाई नियन्त्रण गर्नका लागि कानुन कार्यान्वयन गर्ने निकायले प्रभावकारी कदम चाल्न सकेको देखिँदैन । यी विषयलाई हामी सदनमा बुलन्द पार्छौं । यस्ता विकृति विसंगति रोक्न संयुक्त प्रयत्नको खाँचो छ । त्यसका लागि हामी भूमिका खेल्छौं ।

गर्भवती महिलाहरूले सहज र सरल तवरले गर्भाधान गराउनका लागि भौतिक पूर्वाधार विकासदेखि कानुनी जटिलताहरु समेत रहेका छन् । त्यसलाई निराकरण गर्न पनि हामी लागि पर्छौं ।

बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित र भयरहित वातावरणमा काम गर्न सक्ने अवस्था सिर्जना गर्न लाग्छौं । सामाजिक सुरक्षासहितको न्यायको अनुभूति दिलाउन कांग्रेस पार्टीले भूमिका खेल्छ । त्यसमा हामी इमान्दार सिपाहीको रुपमा काम गर्छौं ।

नेपालको आर्थिक विकास, समृद्धि र सुशासनलाई सामाजिक न्यायमा, मानव विकास र सामाजिक विकाससँग जोड्न काम हुन सकेको छैन । त्यो पक्षमा हामी काम गर्छौ । आर्थिक विकास र समृद्धि  सामाजिक न्यायमा, मानव विकास जोड्न अधिकतम प्रयत्न हुनेछ ।

महिलाहरूमाथि यौनजन्य हिंसा रोक्न र लैङ्गिक समानता कायम गर्न हामी विशेष भूमिका खेल्छौं ।

 

क्याटेगोरी : विचार
ट्याग : #नेपाली कांग्रेस, #वीरबहादुर बलायर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com