प्रोमेडमा निःशुल्क फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी परीक्षण


काठमाडौं ।सिनामङ्गलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले दुई दिन निःशुल्क फोक्सो तथा श्वासप्रश्वास सम्बन्धि जाँच गर्ने भएको छ ।

प्रोमेडले पुष १५ र १६ गते निःशुल्क फोक्सो तथा श्वासप्रश्वास जाँच (पिएफटी) गर्ने जनाएको छ । ५० जनाको स्थान खाली रहेको प्रोमेडले जनाएको छ ।

प्रोमेडले जनाए अनुसार स्वास्थ्य जाँचमा लायन्स क्लब अफ काठमाडौं र क्रिष्टल ल्याबले सहयोग गरेका छन् ।

विशेषगरी कोरोना सङ्क्रमण पछि निको भएका व्यक्तिहरूले यसको सेवा लिन सक्नेछन् ।

विभिन्न अनुुसन्धानले कोरोना सङ्क्रमण पछि फोक्सो तथा श्वासप्रश्वासमा कुनै न कुनै समस्या देखिएको देखाएको छ ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com