मणिपाल अस्पताल बचाऔं अभियान सञ्चालन


काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पताल बचाऔं अभियान सञ्चालन भएको छ ।

मणिपाल शिक्षण अस्पतालको बतास समूहले शेयर खरिद गरेर निजीकरणको प्रयास गरेपछि पोखरेलीहरू जुर्मुराएका छन् । उनीहरूले संघर्ष समिति नै बनाएर मणिपाल शिक्षण अस्पताल बचाउन आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

नारायणहिटी दरबार संग्रहालयदेखि पशुपति धर्मशालासम्म कौडीको भाउमा हत्याउन सफल बतास समूहमाथि अतास ल्याउने पोखरेलीले प्रयास थालेका छन् । मणिपाल बचाउनु पर्ने विषयमामा पोखरेलीहरू जानेका हुन् ।

“४९ बर्षको अवधि समाप्त भएपछि वा बीचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भू- वहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गा उपलब्ध (निर्मित) भौतिक सुविधाहरु अरुलाई हस्तान्तरण गर्न नपाउने गरि यथास्थिति मै प्रथम पक्षलाई छाडी जानु पर्ने छ । सो वापत प्रथम पक्षले दोस्रो पक्षलाई कुनै पनि रकम दिनुपर्ने छैन ।” भन्ने सम्झौतामा उल्लेख छ । यसरी भएको सम्झौताको धज्जी उडाएर कुनै निजी संस्थाको हातमा सुम्पेर कानुन को उलंघन गर्ने सम्पुर्णलाई कारबाहीसँगै तुरुन्तै सरकारको मातहतमै चलाउन सम्बन्धित निकायको चाँडोभन्दा चाँडो ध्यान पुगोस् भनेर पोखरेलीहरले  आवाज उठाउन थालेका छन् ।

होइन भने पोखराबासी र देशभरिका देशभक्त प्रेमीले अब टुलुटुलु हेरेर नबस्ने उनीहरूको चेतावनी छ ।

मागहरु

१, मणिपाल तुरुन्त नेपाल सरकारको होस् ।

२, सरकारी सम्पतिको दुरुपयोग छानबिन गर ।

३, सम्झौताको कार्यान्वयन गर ।

४, सम्झौता अनुसार काम नगर्ने पक्षलाई कारबाही गर ।

५, सरकारी सम्पती कसैको बिर्ता होइन ।

६, सरकारी सम्पत्ति तुरुन्त फिर्ता गर ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com