वीपी प्रतिष्ठानले सेटिङमा ठेक्का लगाउने गरेको खुलासा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सेटिङमा निश्चित कम्पनीलाई ठेक्का लगाउने गरेको तथ्य खुल्न आएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार वीपीले निश्चित कम्पनीसँगको सेटिङमा ठेक्का लगाउने खुलेको हो ।

वीपी प्रतिष्ठानले ओम श्री निर्माण सेवा र पंचदेवी निर्माण सेवालाई सेटिङमा ठेक्का दिने गरेको महालेखाले औँल्याएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ मा दश लाख रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्य मात्रै सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ । तर, वीपी प्रतिष्ठानले ओम श्री र पंचदेवी निर्माण सेवासँग पटकपटक गरी १० लाख रुपैयाँभन्दा बढीको भुक्तानी गरेको हो ।

वीपी प्रतिष्ठानले ७० लाख ४५ हजार ३१० रुपैयाँ नियमविपरीत ती २ कम्पनीलाई भुक्तानी दिएको महालेखाले औंल्याएको छ । अन्य ठेक्का पनि सेटिङमा पटकपटक ओम श्री र पंचदेवी निर्माण सेवा पाएको देखिन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com