फार्मेसीको ६८ लाख बढी वीपी प्रतिष्ठानको मूल खातामा भेटिएन


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको मूल खातामा फार्मेसीको ६८ लाख बढी आम्दानी नरहेको तथ्य फेला परेको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार वीपी प्रतिष्ठानको मूल खातामा ६८ लाख ५१ हजार ३६ रुपैयाँ नरहेको फेला परेको हो ।

फार्मेसी सञ्चालन निर्देशिका, २०७३ बमोजिम प्रत्येक महिनाको विक्रीको १० प्रतिशत र वर्षान्तमा नाफाको ९० प्रतिशत अस्पतालको भूल खातामा जम्मा गर्नपर्ने व्यवस्था छ । तर, वीपी प्रतिष्ठानले वर्षान्तमा नाफाको ९० प्रतिशत अर्थात्  अस्पतालको भूल खातामा ६८ लाख ५१ हजार ३६ रुपैयाँ नराखेको फेला परेको हो ।

फार्मेसी सञ्चालन निर्देशिका, २०७३ बमोजिम १ शय्याभन्दा बढी क्षमताका अस्पतालहरुले अनिवार्य रुपमा आफ्नै फार्मेसी सेवा उपलब्ध गराउनु पर्ने र फार्मेसी सञ्चालनको नाफा र नोक्सान देखिने वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । वीपी प्रतिष्ठानले यो व्यवस्थालाई पालना नगरेको खुल्न आएको । महालेखा उक्त रकम प्रतिष्ठानको मूल खातामा जम्मा  गर्नु पर्ने जनाएको छ ।

वीपी प्रतिष्ठानको फार्मेसीको वार्षिक आम्दानी ४ करोड ८७ लाख ७८ हजार ५३४ रुपैयाँ रहेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com