अनेरास्ववियुको केन्द्रीय कमिटीका पहिलोपटक जबर्जस्त ४ चिकित्सकको उपस्थिति


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थीको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीका पहिलोपटक जबर्जस्त ४ चिकित्सकको उपस्थिति भएको छ ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट खुला सचिव, स्थायी कमिटी सदस्यसहित, केन्द्रीय सदस्यमा ४ चिकित्सकले पहिलोपटक जबर्जस्त उपस्थिति देखाएका छन् । त्यस्तै अनेरास्ववियुको केन्द्रीय कमिटीमा पनि एक नर्सले पहिलोपटक बाजी मार्न सफल भएकी छिन् ।

अनेरास्ववियुको खुला सचिवमा सर्वाधिक लोकप्रिय मतका साथ डा. सुजन कडरिया निर्वाचित भएका छन् । नेपाल मेडिकल स्टुडेण्ड एसोसिएसन केन्द्रीय कमिटीका अध्यक्ष समेत भइसकेका डा. कडरिया अनेरास्ववियुको केन्द्रीय सचिवमा विजयी हुन सफल भएका हुन् ।

हालै काठमाडौंमा सम्पन्न महाधिवेशनबाट स्थायी कमिटी सदस्यमा डा. अनिल सिन्हा विजयी भएका छन् । अनेरास्ववियुको केन्द्रीय सदस्य डा. असिम घिमिरे र डा. राजन ज्ञवाली निर्वाचित भएका हुन् । उनीहरूले निर्वाचित भएर अनेरास्ववियुको केन्द्रीय कमिटीमा पुग्ने पहिलो चिकित्सकको रेकर्ड राखेका छन् ।

त्यस्तै अनेरास्ववियुको केन्द्रीय कमिटीमा पहिलोपटक निर्वाचित हुने नर्सको रेकर्ड आकृति ढकालले राखेकी छिन् । उनीभन्दा पहिल कुनै पनि नर्स निर्वाचित अनेरास्ववियुको केन्द्रीय कमिटीमा पुगेको रेकर्ड छैन ।

आफूहरुको जितलाई सचिप डा. कडरिया अनेरास्ववियुभित्र बालेन प्रभावको संज्ञा दिन्छन् । चिकित्सकहरु पनि विद्यार्थी राजनीतिमा स्थापित हुनुले भविष्यमा चिकित्सकहरुलाई राजनीतिमा आउन प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अनेरास्ववियू, #चिकित्सक- राजनीतिज्ञ, #डा. अनिल सिन्हा, #डा. सुजन कडरिया

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com