महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोबिना बस्नेत निर्वाचित


काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोबिना बस्नेत निर्वाचित भएकी छिन् ।

नर्सिङ क्याम्पसको स्ववियुमा बस्नेतसहित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल नै निर्वाचित भएको हो । उक्त क्याम्पसको स्ववियु सधै अनेरास्ववियुको कब्जामा रहँदै आएको छ ।

विगतको विरासत कायम राख्दै महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा बस्नेत सचिवम सजिना पन्थ र कोषाध्यक्षमा आयुसमा राय निर्वाचित भएका छन् ।

त्यस्तै स्ववियुमा निर्वाचित हुने ५ सदस्यमा पनि अनेरास्ववियुले नै बाजी मारेको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सदस्यमा सीमा खनाल, अविषा कार्की, मन्जिशा न्यौपाने, बिन्जना केसी र कन्चन सापकोटा निर्वाचित भएका हुन् ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #कोषाध्यक्षमा आयुसमा राय निर्वाचित, #महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु, #सचिवम सजिना पन्थ, #सभापतिमा नोबिना बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com