महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापतिमा सिंह निर्वाचित


काठमाडौं ।  महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापतिमा आनन्द सिंह निर्वाचित भएका छन् । नेविसंघकी अविशिखा न्यौपानेलाई हराउँदै अनेरास्ववियुका सिंहले महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापतिमा बाजी मारेका हुन् ।

महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियुमा सिंह नेतृत्वको प्यानल नै विजयी भएपछि अनेरास्ववियुले खुसियाली मनाएको छ । महाराजगञ्ज चिकित्सा क्याम्पसको पहिलो महिला स्ववियु सभापति बन्ने न्यौपानेको रणनीतिलाई रोक्दै सिंहले बाजी मारेका हुन् । अनेरास्ववियुले महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियुमा आफ्नो विरासत कायम राखेको छ ।

महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियुमा सचिवमा पनि अनेरास्ववियु कै विपना कँडेल निर्वाचित भएकी छिन् । त्यस्तै कोषाध्यक्षमा उक्त प्यानल कै अनिल कुमार साह निर्वाचित भएका हुन् । मधेशी विद्यार्थी समाजको साथ रहँदा उनीहरूलाई जित निकाल्न सहज भएको हो ।

महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सदस्यमा अनेरास्ववियु कै अनुप सुवेदी, वीरेन्द्र कुँवर, प्रतिभा आचार्य, रितेश शाह, युवराज पौडेललगायत निर्वाचित भएका हुन् ।

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियुमा पनि अनेरास्ववियु कै नोबिना बस्नेतको प्यानल विजयी भएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अनेरास्ववियू, #अविशिखा न्यौपाने, #नेविसंघ, #नोबिना बस्नेत, #महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापति आनन्द सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com