वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गराए दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया


काठमाडौं । वरिष्ठ नेपाली हाँस्य कलाकार, अभिनेता, गायक तथा लेखक आदरणीय मदनकृष्ण श्रेष्ठको तिलगंगा आँखा प्रतिष्ठानमा दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । उनले सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।

प्रतिष्ठानका अनुसार डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याललगायतको समूहद्वारा गरिएको हो ।शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

मदनकृष्णले मरणोपरान्त आँखा दान गरिसकेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com