मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन


काठमाडौं ।  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति  डा. रामकेवल साहको निधन भएको छ । उनको बिहीबार बिहान निधन भएको हो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. अंकर साहका अनुसार उपकुलपति साहको उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएको हो । उनका दुई छोरा छन् । उपकुलपति  डा. साहको निधनले प्रतिष्ठान सोकमा डुबेको छ ।

६८ वर्षीय दिवंगत डा. साह ३ वर्ष अगाडि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए । उनलाई परिवारका सदस्यले  कहिले काठमाडौं त कहिले भारत लगेर उपचार गरिरहेको थिए । आज उनको उपचारका क्रममा दुःखद निधन भएको छ ।

हाडजोर्नी विशेषज्ञ उपकुलपति डा. साह ३ महिना अगाडिदेखि कलेजो रोगले पीडित थिए । मधेश सरकारको विज्ञ सल्लाहकारका रुपमा समेत काम गरिसकेका उनी मधेश मामिलाका जानकार हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #निधन, #मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com