आईटी र औषधि उपकरण छानबिनमा अख्तियारको सक्रियता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईटी र औषधि उपकरण छानबिनमा सक्रियता देखाएको छ । अख्तियारले आईटी र औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ । सोही आधारमा अख्तियार तातेको हो ।

अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायले अनियमित तरिकाले खरिद गरेका आईटी उपकरणमाथिको छानबिनलाई तीव्रता दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको नेसनल पेमेन्ट गेटवे सिस्टममा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी देखिन्छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसमा विकल पौडेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले नेसनल पेमेन्ट गेटवेमा सुनिल पौडेललाई भ्रष्टाचार मुद्दा दायर गर्दैछ । सुनिलको नेतृत्वमा नेसनल पेमेन्ट गेटवे खरिदमा ठूलो घोटाला भएको अख्तियारको प्रारम्भिक निष्कर्ष छ । उनको बयान हुँदैछ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरूले कमिसनका चक्करमा खरिद गरेका मेडिकल उपकरणहरू अख्तियारको निशानामा पर्न थालेका छन् । सञ्चारपछि स्वास्थ्यका उपकरण छानबिनलाई अख्तियारले प्राथमिकतामा राखेको छ ।

अनावश्यक उपकरण किनेर थन्क्याउने, अस्वभाविक लागत तयार पारेर राज्यकोषमा हानी नोक्सानी पुर्‍याउने जस्ता बदमासी देखिएकाले मेडिकल उपकरण खरिदमा अख्तियारले चासो देखाएको हो । यो क्षेत्रमा उजुरी पनि बढेकाले अख्तियार पस्न खोजेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #आईटी औषधि माफिया, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com