वीपी प्रतिष्ठानलाई नगर मातहत ल्याउने हर्क साम्पाङको फण्डा


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नगर मातहतमा ल्याउने अनुचित फण्डा चलाउन थालेका छन् । एउटा स्तरीय नगर अस्पताल चलाएर देखाउन नसकेका मेयर साम्पाङले नगर मातहत आए वीपी प्रतिष्ठान रातारात सुध्रिने जस्तो गरी फण्डा सुरु गरेका हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, २०४९ अन्तर्गत स्थापना भएको वीपी प्रतिष्ठान पछिल्लो समय राजनीतिक हस्तक्षेपले थिलथिलो भएको छ । कुनै बेला पूर्वको सानको रुपमा रहेको उक्त प्रतिष्ठान अहिले पूर्वको बदनाम बनेर परिचित छ । यस्तै बेला फण्डाको राजनीति गरिरहेका धरानका मेयर साम्पाङले प्रतिष्ठानलाई नगर मातहात ल्याउने भनेर अनुचित फण्डा र राजनीति गर्न थालेका छन् ।

मेयर साम्पाङले समाजिक सञ्जालमा फेसबुकमा हुकुमी शैलीमा लेखेका छन्, ‘वीपी अस्पताल तुरुन्तै धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्नू ! आज म प्रधानमन्त्रीज्यूलाई पत्र पठाउँदैछु ! संधै भरिको ल्याङ ल्याङलाई सकेर हामी चलाउन सक्छौँ !’, उनले वीपी प्रतिष्ठानको समस्या समाधान गर्नतर्फ कदम चाल्नुको साट्टो हुकुमी शैलीमा वीपी प्रतिष्ठान धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्न उर्दी जारी गरेका छन् ।

काठमाडौं महानगरपालिकाले जस्तो सहरी स्वास्थ्य प्रवर्द्धन गर्ने सानो अनुभव समेत नरहेको धरान उपमहानगरपालिकाका मेयर साम्पाङले वीपी प्रतिष्ठान नै चलाएर देखाउने ध्वास दिएका छन् । संघीय सांसदले बनाएको ऐनद्वारा स्थापित वीपी प्रतिष्ठान हचुवाको भरमा उनले तुरुन्तै धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्नू भन्ने हुप्र जारी गरेका छन् । प्रधानमन्त्रीले उक्त प्रतिष्ठान स्थानीय तहलाई हस्तान्तरण गर्न सक्ने/नसक्ने कानुनी आधार र हैसिय नपौल्याई मेयर साम्पाङले वीपी अस्पताल तुरुन्तै धरान उपमहानगरपालिकालाई हस्तान्तरणका लागि प्रधानमन्त्रीलाई पत्र पठाउने फण्डा सुरु गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरलाई तुरुन्तै हस्तान्तरण गर्नू भन्दैमा हस्तान्तरण हुन सक्छ र ? धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि यस्तै अनुचित फण्डा चलाएर धरानमा अनावश्यक राजनीति गर्न खोजेको देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राई, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com