भ्रष्टाचारमा डामिएका ज्ञानेन्द्र गिरी वीपीमा फेरि सल्बलाउन थाले


काठमाडौं । भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरी फेरि सल्बलाउन थालेका छन् । नपाएको ओहदा पाएको भन्नेसम्बन्धी भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका डा. गिरी वीपी प्रतिष्ठानमा फेरि सल्बलाउन थालेका हुन् ।

नपाएको उपाधि प्राध्यापक लेखेर भ्रष्टाचारमा मुछिएका डा. गिरी मुद्दा जितिसके भन्दै वीपी प्रतिष्ठानमा सल्बलाउन थालेका छन् । विभिन्न छानबिन समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक्सनपछि उनले प्राध्यापक लेख्न छाडेका थिए । प्राध्यापकको उपाधिको वैधानिकता पुष्टि गर्न नसकेपछि डा. गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो माघमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त मुद्दाको बुधबार (आज) पेशी रहेको छ । डा. गिरी भने एकहप्ता अगाडि देखि नै ‘मैलें मुद्दा जितिसके’ भन्दै वीपी प्रतिष्ठानमा चलखेल गर्न थालेको खुल्न आएको छ ।

डा. गिरीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष पेशी चढ्नेवित्तिकै भ्रष्टाचार मुद्दा जितिसके भनेर उनी घोषणा गर्दै हिँड्नुले आशंका जन्माएको छ । डा. गिरीविरुद्ध अख्तियारले विशेष अदालतमा पेश गरेको प्रमाण नपाएको ओहदा पाए भनेर लेख्दै आएको अकाट्य देखिन्छ । यस्तो अवस्थामा विशेष अदालतले के फैसला गर्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com