काठमाडौंका ४ स्थानमा सहुलियत फूल किन्न पाइने


काठमाडौं । काठमाडौंका ४ स्थानमा सहुलियत फूल किन्न पाइने व्यवस्था मिलाइएको छ । काठमाडौं महानगरपालिकाको अग्रसरतामा उक्त व्यवस्था मिलाईएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहका अनुसार आजदेखि काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरिएको छ । काठमाडौं महानगर ,नेपाल फ्लोरीकल्चयर एसोसिएसन , नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला राखिएको उनको भनाइ छ ।

‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ’, बालेनले लेखेका छन्, ‘अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरेको छौं ।’, तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने बालेनले जानकारी दिए । नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि आफूहरुले अवरोध नगर्ने उनको प्रतिबद्धता छ ।

महानगर नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्शको सयुक्त टोलीले अनुगमन गर्ने बालेनले बताए ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ