गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना


काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजित धामी परिवारसहित सवार गाडी दुर्घटनामा परेको छ ।

परिवारसहित उनी चढेको बलेरो जित नौगाड–३ बगडस्थित जामिरमा दुर्घटनामा परेको हो । प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

सवारी चालक जयभान सिंह ठगुन्ना दुर्घटनमा परी गम्भीर घाइते भएकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धामीसहित अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ