पिजीको एकीकृत प्रवेश परीक्षा माघ २० गतेदेखि सुरु हुने


काठमाडौं । चिकित्सा शिक्षा आयोग स्नातकोत्तर (पिजी)को एकीकृत प्रवेश परीक्षा माघ २० गतेदेखि सुरु हुने जनाएको छ । आयोगले माघ २० गतेदेखि २२ गतेसम्म उक्त एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अन्जनीकुमार झाका अनुसार पिजीको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने छ । आयोगले लिने प्रवेश परीक्षाका लागि योग्यता पुगेका उम्मेदवारले मंसिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिन सक्ने उनको भनाइ छ ।

एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदको परीक्षा माघ २० गते सम्पन्न हुने आयोगले जनाएको हो । जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने ।

त्यसैगरी स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको एकीकृत परीक्षा मंसिर २२ गतेका लागि तोकिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com