मेडिकल व्यवसायी टुर्गा प्रसाईको प्रदर्शनले काठमाडौं अस्तव्यस्त


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रदर्शनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था र अवस्था अस्तव्यस्त बनेको छ । एकातिर प्रसाईको नेतृत्वमा हजारौं मानिस र अर्कोतर्फ नेकपा एमालेका नेता महेश बस्नेतको नेतृत्वमा राष्ट्रिय युवा संघले आन्दोलन गर्दा काठमाडौं उपत्यकाको अवस्था अस्तव्यस्त बनेको हो ।

काठमाडौंबाट बाहिरिने यात्रुबाहक सवारी साधनहरुले बिहान ४ बजे नै उपत्यका छाडेका छन् । दुर्गा प्रसाईको प्रदर्शनका लागि बल्खु क्षेत्र र युवा संघका लागि तिनकुने क्षेत्र छुट्याएको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

युवा संघको आन्दोलनले भक्तपुर र ललितपुर क्षेत्रमा समेत असर पर्ने देखिन्छ । दुर्गा प्रसाईको प्रदर्शनले ललितपुरको मुख्य क्षेत्र पुरै प्रभावित हुने देखिएको छ । दुईपक्षको प्रदर्शनले सवारी साधन प्रयोग गर्नेलाई निकै समस्या पर्ने अवस्था छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ