नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने अहेब महतारामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने अहेब देवबहादुर महतारामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

जिल्ला गुल्मी, मालिका गाउँपालिका, वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब महतारा उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

महतराले भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनौट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापना भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले अख्तियारको दावी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

 

प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०७ गते।

——————————————

 

जिल्ला गुल्मी, मालिका गाउँपालिका, वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. देव बहादुर महताराले भारतबाट SLC को प्रमाणपत्र किनेर ल्याएकोले निजको शैक्षिक प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छापहिले स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. देव बहादुर महताराले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अ.हे.व. पदको विज्ञापन अन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एस.एल.सी. तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनौट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापना भई अ.हे.ब. पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता

भोला दाहाल

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com