संसारमै अति उपयोगी आधुनिक उपकरण टोमोथेरापी सेवा वीर अस्पतालमा सुरु, गरिबलाइ राहत


काठमाडौं । लामाे रस्साकस्सीका बीच वीर अस्पतालमा संसारमै उपयोगी मानिएको टाेमाेथेरापी मेसिन संचालनमा आएकाे छ । भारतमा मात्रै ६ वटा अत्याधुनिक टाेमाेथेरापी मेसिन हुदा नेपालमा वीर अस्पतालले उक्ति मेसिन भित्र्याउन खाेजेकाे थियाे । साेही अनुुसार ०७५ सालमा नेपाल आएको उपकरण स्तान तयार नहुँँदा बलम्बुमा लामाे समय बस्याे ।

राखेकाे स्थानमै खिया र पानीले बिग्रिएपछि नयाँ उपकरण दिन कम्पनी “एकुरे” तयार भएकाे थियाे । न्याम्सका उपकुलपति प्रा डा भुपेन्द्र कुमार बस्नेतले साेमबार देखि बिरामीको क्यान्सरको घाउ सेकेर (रेडिएसन दिएर) सेवा प्रारम्भ गरिएको बताए ।

अस्पतालले टाेमोथेरापी सेवालाई बढाउँदै लगेर दिनमा ३० जनासम्मको उपचार गर्ने व्यवस्था मिलाउने बताए । क्यान्सरकाे सेवा नपाएर मृत्युवरण गर्न लागेका गरिब तथा विपन्न नागरिकलाइ वीर अस्पतालले सुरु गरेकाे सेवा नयाँ जीवन जस्तो भएको छ ।

नेपालमा याे पहिलाे मेेसिन हाे । आधुनिक र ठुलाे मुल्यकाे याे उपकरण संचालनमा ल्याउन नदिन सबै क्षेत्रका माफिया लागेका थिए । तर, अन्त्यमा गरिब नागरिकको जित भएको छ । वीरमा ठूलठूला मुसा भएकाले तार काट्ने र सेवालाइ सरकारी करण भन्दा पनि निजीकरण गराउँँछनकि भन्नेमा धेरैलाइ डर छ ।

अस्पतालले याे सेवा लिए बापत १५ हजार लिने बताएको थियाे । निजीमा लाखाै रुपैयाँ तिर्नु पर्छ तर, याे स्तरकाे उपकरण छैन । अस्पतालले अहिले कति शुल्क ताेक्ने भन्नेका निर्णय लिएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ