आवश्यक औषधि नपाइने इनरुवा अस्पतालको फार्मेसी


काठमाडौं । सुनसरीको इनरुवा-३ सखुवागाछीका रितेश सापकोटाको पैतालामा फलामको सुईरोले घोचेपछि उनी जिल्ला अस्पताल इनरुवा पुगे । घाइते सापकोटा टिटानसको सुई हान्ने उद्देश्यले घटनास्थल नजिकैको जिल्ला अस्पताल इनरुवा पुगेका थिए । अस्पतालभित्र कै फार्मेसीमा उनले टिटानसको सुई किन्नका लागि मागे । फार्मेसीका कर्मचारीले एकहप्तादेखि टिटानसको सुई सकिएको जवाफ दिएपछि उनी अस्पताल बाहिर सञ्चालनमा रहेको निजी फार्मेसीमा गएर टिटानसको सुई लगाउन बाध्य भए ।

यो एउटा घटना मात्र होइन सुनसरीको सदरमुकाममा रहेको जिल्ला अस्पतालस्थित फार्मेसीको हबिगत हो । इनरुवा अस्पतालभित्र सञ्चालित फार्मेसीका कर्मचारीले मिलेमतोमा आवश्यक औषधि नै नराख्ने गरेको पाइएको छ । अस्पतालभित्रको फार्मेसीमा आवश्यक औषधिहरू नपाउँदा बिरामी र आफन्तहरु निजी फार्मेसीमा गएर खरिद गर्न बाध्य छन् । यसले अस्पतालको सुशासनलाई चुनौती दिइरहेको देखिन्छ ।

अस्पताल भित्र र बाहिरका फार्मेसी सञ्चालकहरूको मिलेमतोमा अस्पताल भित्रको फार्मेसीमा आवश्यक औषधि नपाउने र बाहिर सबै किसिमको औषधि पाउने अवस्था हुँदा पनि जिम्मेवार निकाय वेखबर छन् । यो विषयमा स्वास्थ्य लाइभले खोजी गर्दा इनरुवा अस्पतालका जिम्मेवार अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । यस्तो बेथिति रोक्न जिल्ला प्रशासन कार्यालयले पनि खासै ध्यान दिएको देखिएन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ