जाडोमा स्वास्थ्यलाई मध्यनजर गर्दै विन्टराइजेशन टेन्ट हस्तान्तरण


काठमाडौं । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायलाई जाडाेबाट जाेगाउन सेभ द चिल्ड्रेनले विन्टराइजेशन टेन्ट हस्तान्तरण गरेकाे छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माननीय मन्त्री सुरेन्द्र राज आचार्यले कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरुलाई विन्टराइजेशन टेन्ट भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरे ।

उनिहरुलाई अत्याधिक जाडोबाट जोगाउन यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई विन्टराइजेशन टेन्टहरु हस्तान्तरण गरेेकाे थियाे । साेही टेन्ट मन्त्रीले प्रभावित क्षेत्रमा वितरण गरेका हुन् ।

भूकम्पबाट प्रभावित समुदायहरुको संरक्षण, सुरक्षा, र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ, मन्त्री आचार्यले भने । महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक लगायतका अति प्रभावित सम्म यथासीघ्र अत्यावश्यक राहत तथा अन्य सहयोग पुर्याउन सरकारले सेभ द चिल्ड्रेन लगायत अन्य संघ सस्थाहरुसँग निकटरुपमा सहकार्य गर्दै आइरहेको छ ।

सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले विपतका बेलामा भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरुको सहकार्यबाट संभव भएको बताइन् ।

यूरोपेली संघद्वारा प्रदान गरिएका विन्टराइजेशन टेन्टहरुले अत्याधिक जाडोको सामना गरिरहेका कयौं बालबालिका, महिला र बृद्ध नागरिकहरुको ज्यान जोगाउनेछ भन्ने हाम्रो विश्वास छ क्षेत्रीले भनिन् । भूकम्प गएयता प्रभावित क्षेत्रमा तीन जना बालबालिका सहित ३२ जनाको अत्याधिक चिसोको कारण मृत्यु भएको छ ।

गत मंसीर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्न ८०० थान विन्टर टेन्ट प्रदान गरेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ