नेपाल स्वास्थ्यकर्मी संघकाे नयाँ तदर्थ समिति गठन गर्न माग


काठमाडौं । नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघकाे नयाँ तदर्थ समिति गठन गर्न संघका पदाधिकारीहरुले माग गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ (शुभेच्छुक संस्था ) को म्याद समाप्त भएकोले नयाँ तदर्थ समिति गठन गर्न पार्टी सभापतिपंक्तिमा अनुराेध गरिएको छ ।

संघले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा २०७९/१०/२५ मा मान्यता पाएकाे थियाे । त्यस यता अध्यक्ष रामजि घिमिरिले कुनै तहको अधिवेशन तथा पुर्ण केन्द्रीय कार्य समिति बैठक बसि संघलाई चलायामान बनाउन नसकेको आराेप समेत केही पदाधिकारीले लगाएका छन् । उनिहरुले पार्टी सभापतिलाई पत्र लेख्दै अध्यक्ष घिमिरे विभिन्न NGO/INGO लाई संस्था देखाई आफ्नाे स्वार्थ अनुसार काम गर्दै हिडेकाे समेत आराेप लगाएका छन् । घिमिरेकाे बर्खास्ती र नयाँ तदर्थ समिति गठनकाे माग अगाडि सारेर सभापति लगायत पदाधिकारीलाई पत्र पठाएको एक सदस्यले बताए ।

नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहित २०७८/०८/२८ को दफा २२ को ८ न मा शुभेच्छुक संस्था लाई सम्बन्धन र आवश्यक निर्देशन दिने २० नम्बरमा शुभेच्छुक संघले पार्टी हित विपरीत काम गरेमा विधटन गरि तदर्थ समिति गठन गर्नछ भन्ने रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ