गर्भवती भएपछि घटना सार्वजनिक


मुगु । बालिका गर्भवती भएपछि सामूहिक बलात्कार भएको घटना मुगुमा सार्वजनिक भएको छ । गत भदौमा बलात्कृत बालिकाको पेट बढ्न थालेपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा गर्भमा बच्चा रहेको खुलेको हो ।

त्यसपछि बालिकाले दुईपटक सामूहिक बलात्कार भएको भनी प्रहरीमा दुईवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएपछि पाँचजना पक्राउ परेका छन् । मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार ६ बालक र तीन युवक गरी नौजनाविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरी परेपछि अनुसन्धान थालिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ