वीपीमा ताला लगाउने हर्क साम्पाङलाई उच्च अदालतको लगाम


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले लगाम लगाइदिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलाशले वीपी प्रतिष्ठानमा तालाबन्दी नगर्न अन्तरिम आदेश दिएको हो ।

वीपी प्रतिष्ठानको कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा मेयर साम्पाङले तालाबन्दी गरेपछि उच्च अदालत विराटनगरमा रिट परेको थियो । उक्त रिटको सुनुवाई गर्दै उच्च अदालतले अस्पतालमामा लागेको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु/गराउनु भनेर अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले अस्पताल जस्तो ठाउँमा बन्द, हड्ताल र तालाबन्दी नगर्न समेत अन्तरिम आदेश जारी गरेको छ । अदालतको यो आदेशसँगै हर्क साम्पाङको गैरजिम्मेवार कदममाथि लगाम लागेको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com