पूर्व भौतिकमन्त्री बसन्त नेम्बाङलाई हृदयघात


काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री हृदयघात भएको छ । उनलाई ताप्लेजुङमा अकस्मात हृदयघात भएको हो ।

हृदयघात पश्चात जिल्ला अस्पताल ताप्लेजुङको आइसीयूमा प्राथमिक उपचार गरि मेडिसिटी अस्पताल भैंसेपाटीमा  हेलिकप्टरमा ल्याइने तयारी भएको छ ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा काेशी प्रदेश सभा सदस्य भीम पराजुलीका अनुसार थप उपचारका लागि पूर्वमन्त्री नेम्बाङलाई मेडिसिटी पठाउनु पर्ने अवस्था आएको हो ।

समुदायमा काँग्रेस अभियानको शिलशिलामा ताप्लेजुङ पुगेका पराजुलीले जिल्ला अस्पताल ताप्लेजुङको समेत अनुगमन गरेका छन् । उक्त क्रममा नेम्बाङलाई उपचारका लागि काठमाडौं पठाउन उनले सहजिकरण गरेका हुन् ।  नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुङम्याङ , एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा ,  पूर्व प्रदेशमन्त्री तिलकुमार मोयाङ्वो ,एमालेका कार्यवाहक सभापति सन्तोष खतिवडालगायत पनि  नेम्बाङलाई भेट्न अस्पताल पुगेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ