बीमामा झेल :  चिकित्सकको सिफारिस खाली राखेर बिरामी घर गएपछि भर्ने खेल

देशका प्रतिष्ठित मेडिकल कलेजमा बीमा बन्द गरेर सरकारीबाट नागरिकको पैसा लुटाउने खेल


काठमाडौं । नागरिकको उपचार गरे वापत निजी स्वास्थ्य संस्थाले मनपरी मागदाबी गरेको भन्दै निजी क्षेत्र प्रति सरकारको आक्रोश छ । छिटफुट बाहेक देशभरको मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द छ । निजीको सामान्य गल्तिलाई लिएर चर्को भाषण गर्ने मन्त्री र कर्मचारी सरकारी स्वास्थ्य संस्थाले बिमित प्रति गरेको अपराध प्रति मौन छन् । 

”काले काले मिलेर खाउँ भाले“ भन्ने नेपाली उखान जस्तै सरकारी स्वास्थ्य संस्थाले बीमा मार्फत सेवा लिएका नागरिकलाई गरेको लुट र मौन बीमाका कर्मचारी मन्त्री उस्तै देखिएका छन् । स्वास्थ्य लाइभले सरकारी अस्पतालको फार्मेसीले गरेको अपराधको विषय देखाउन चाहान्छौं । देशका मेडिकल कलेजमा बीमा बन्द हुँदा सरकारी अस्पतालमा सेवा ग्राही ठगिने र ठग्ने क्रम बढ्दो क्रममा छ । 

उदयपुरको चौदण्डी नगरपालिकामा सञ्चालित नगर अस्पतालमा रहेको फार्मेसीले नागरिक ठगिरहेको स्वास्थ्य लाइभले फेला पारेको छ । निजी स्वास्थ्य सस्था भए सरकारले यो विषय बाहिर ल्याउँथ्यो तर, सरकारी भएकाले गुपचुप राखेको छ । चिकित्सकको सिफारिस अनुसार बिरामीलाई औषधि दिएको तर, प्रेसक्राइभमा धेरै ठाउँ खाली राखेर बिरामी घर गएपछि प्रेसक्राइभ पुरै भरेर रकम मागदाबी गरेको पाइएको छ । यो ठगी मात्रै नभएर अपराध भएको हाम्रो ठहर छ । प्रेसक्राइभ हेर्दा स्पष्ट हुन्छ चिकित्सकको साइन र छाप माथि औषधि पसलले दबाइएको नाम लेखेको छ । 

स्वास्थ्य बीमा बोडएका अध्यक्ष डा गुणराज लोहनीले पनि यो विषय स्वीकार गरेका छन् । उनले चौदण्डी नगरपालिकामा सञ्चालित नगर अस्पतालले बदमासी गरेको स्वीकार गरेका छन् । डा लोहनीका अनुसार अस्पतालमा बीमा हेर्ने कर्मचारीले मागदाबी गर्नुपर्नेमा औषधि पसलकै व्यक्तिले माग दाबी गर्दै आएका छन् । यो विषय सामान्य हैन । नागरिक माथिको गम्भिर खेलवाड हो । यसरी कति रकम यो अस्पतालले लगेको छ, सबै फिर्ता गराउँनु पर्ने अधिकारीहरू बताउँछन् । 

अध्यक्ष लोहनीले यो अस्पताल माथि कारबाही चलाउने बताए । यो एउटा प्रतिनिधि मूलक घटनाका रुपमा हामिले लिएका छौं । देशभर स्वास्थ्य बीमा चलेका सरकारी अस्पतालहरूको पर्दा भित्रको लुट कति होला त्यसको लेखाजोखा तत्काल गर्न आवश्यक छ । आफ्नै अस्पतालले यसरी नागरिक लुटिरहदा कसरी निजी स्वास्थ्य संस्थाको बदमासीमा बोल्ने हिम्मत आउँछ हामी छक्क परेका छौं । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ