रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा. पशुपति चौधरी


काठमाडौं । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा प्रा.डा.पशुपति चौधरीलाई नियुक्ति गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सप्तरी निवासी चौधरीलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सिनेट सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com