नेसनल मेडिकल कलेजमा किन छापा हान्यो प्रहरीले ?


काठमाडौं । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा नेपाल प्रहरीले छापा हानेको छ । सोमबार वीरगञ्ज प्रहरीले उक्त मेडिकल कलेजमा छापा हानेको हो ।

प्रहरी स्रोतका अनुसार उपचारका क्रममा म्याद गुज्रिएको औषधि प्रयोग गरेको विषयमा नेसनल मेडिकल कलेजमा छापा मारिएको हो । प्रहरीले छापा हानेपछि मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु भागाभाग भएका छन् । नेसल मेडिकल कलेजमा औषधि र उपचारमा लापरबाही भएको भनेर बेला-बेलामा गुनासो आउने गरेको छ । प्रहरीको छापापछि थप बदमासी बाहिर आउने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com