नेसनल मेडिकल कलेजका एमडी सहनवाज अन्सारी पक्राउ


काठमाडौं । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी पक्राउ परेका छन् । म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरी, वीरगञ्ज नगरपालिका र औषधि व्यवस्था विभागको संयुक्त टोलीले नेसनल मेडिकल कलेजमा छापा हानेको प्रहरीले जनाएको छ । एमडी अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई म्याद गुज्रिएको औषधिसहित पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका एमडी अन्सारी

पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेल गएपछि सक्रियता ह्वात्तै बढेको छ । नेसनल मेडिकल कलेजमा यस्ता कार्य हुँदै आए पनि प्रहरीले आँखा चिम्लिने काम गरेको आरोप लाग्दै आएको थियो ।  सोमबार भने पर्सा प्रहरीले म्याद गुज्रिएको औषधिसहित एमडी अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com