स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकार गम्भीर हुनुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्न, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको स्मरण गराउँदै राष्ट्रपति पौडेलले संविधानको उक्त व्यवस्थाको कार्यान्वयन गर्नका लागि सरकारले ध्यानकर्षण गराएका छन् ।

उनले नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको धारणा राखे ।

राष्ट्रपति पौडेलले बदलिदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने बताए । राष्ट्रपति पौडेलले भने, ‘स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान गर्न र समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी रहेको छ ।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com