धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. माकाजु पदबाट हट्लान ?


काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको धुलिखेल अस्पतालको कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु कारबाही हुने भएको छ । शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै अस्पतालका कार्यकारी निर्देशक डा. माकाजु समेत कारबाहीमा पर्ने भएका हुन् ।

काठमाडौँ विश्वविद्यालयले मापदण्डनै नपुगेका विराट र देवदह मेडिकल कलेजहरुलाई सम्बन्धन दिएको पाइएको भन्दै केयूका तत्कालीन उपकुलपति डा. माकाजुलाई कारवाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै कारबाही गर्ने तयारी गरेपछि उनको पद समेत धरमराएको बुझिन्छ ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा २०७४ बैशाख ४ गते तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । उक्त आयोगले केयूका तत्कालीन उपकुलपति डा. माकाजुले पदीय जिम्मेवारी अनुसार काम नगरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न सिफारीस गरेको हो । डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव रहेको आयोगले डा. माकाजु, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित ४३ जनालाई कारबाहीको सिफारिस गरेको छ  । उक्त बुधबार सार्वजनिक गरिएको हो

अख्तियारका तत्कालीन प्रमुख आयुक्त कार्की र त्रिभुवन विश्वविद्यालयका दुई उपकुलपतिसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रालयलले सिफारिस नै गरेको छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपतिहरु हीराबहादुर महर्जन र तीर्थराज खनियाँ तथा रेक्टर सुधा त्रिपाठी रजिष्ट्रार डिल्ली उप्रेतीमाथि भ्रष्टाचारमा मुद्दा चलाउन सिफारिस गरिएको हो ।  विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार डा निलमणि उपाध्याय छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. रामकण्ठ माकाजु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com