छुटे नेसनल मेडिकल कलेजका एमडी अन्सारी


काठमाडौं । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह धरौटीमा रिहा भएका छन् । उनीहरुलाई धरौटीमा रिहा गरिएको पर्सा प्रहरीले जनाएको छ ।

म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले सोमबार पक्राउ गरेका उनीहरूलाई बिहीबार रिहा गरिएको हो । पर्सा प्रहरी, वीरगञ्ज नगरपालिका र औषधि व्यवस्था विभागको संयुक्त टोलीले नेसनल मेडिकल कलेजमा छापा हानेर एमडी अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको पक्राउपछि तहल्का मच्चिएको थियो । त्यसैले हुनुपर्छ प्रहरीले एमडी अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई धरौटीमा रिहा गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ