निःशुल्क क्यान्सर परीक्षण शिविर बिहीबार भीमसेनगोलामा


काठमाडौं । निःशुल्क क्यान्सर परीक्षण शिविर बिहीबार भीमसेनगोलामा छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा आज उक्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको अगुवाईमा महानगरका प्रत्येक वडामा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । बिहीबार भने काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा उक्त स्वास्थ्य शिविर सञ्चालनमा आएको हो ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, भीमसेनगोलामा प्रजनन उमेरका महिलाहरुलाई निःशुल्क क्यान्सरको परीक्षण गराउन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । ‘३० वर्षदेखि ६० वर्ष उमेर समूह (प्रजनन उमेर) का महिलाहरुले हरेक ५ वर्षमा क्यान्सरको जाँच गराउनुपर्छ ।’, काठमाडौं महानगरपालिका भनेको छ । त्यसैका लागि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।

 

समयमा क्यान्सर पहिचान गर्न सके उपचार सफल हुने सम्भावना धेरै हुने दाबी गर्दै शिविरमा स्वास्थ्य जाँच गर्न आउनका लागि सबै प्रजनन उमेरका महिलाहरुलाई महानगरले अनुरोध गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com