बालेनले लखेटेका बसन्त अधिकारीलाई यातायातको महानिर्देशक बनाउन चलखेल


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारका कर्मचारी भर्ति गर्दा नगर कार्यपालिकाको निर्णय किर्ते गरेपछि लखेटिएका सहसचिव बसन्त अधिकारीलाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाउन चलखेल सुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक्सन लिएपछि मधेशी आयोग पुगेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्तलाई यातायातमा गिरोह नै सक्रिय भएको पाइएको हो ।

कार्यपालिकाको निर्णय किर्ते गर्ने सहसचिव बसन्तलाई कारबाही गर्नुको साट्टो संघीय सरकारले यातायातको महानिर्देशक बनाएर पुरस्कृत गर्न खोजेको छ । काठमाडौं महानगरपालिकाले बनाएको छानबिन समितिले नै हो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहितका अधिकारीले नगर कार्यपालिकाको निर्णय किर्ते गरेको निष्कर्ष निकालेको छ । उक्त विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक छानबिन गरेर कारबाहीका लागि प्रक्रिया अघि बढाइसक्नु पर्ने हो । तर, मधेशी आयोग पुगेका सहसचिव बसन्तलाई यातायातको महानिर्देशक बनाउन सामान्य प्रशासन मन्त्रालयले नै प्रभावित बनेको पाइन्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई फ्यालेर बसन्तलाई ल्याउन हरिश भट्ट, लक्ष्मण पाण्डेदेखि डा. टोकराज पाण्डेसम्म सक्रिय रहेको चर्चा छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन थालेपछि त्यसलाई प्रभावित पार्न बसन्तलाई महानिर्देशकमा ल्याउन उक्त समूह सक्रिय भएको सुनिन्छ ।

बसन्तलाई यातायातको महानिर्देशक बनाउन यातायातका पूर्वमहानिर्देशकहरु डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नमराज घिमिरे खुलेरै लागेको स्रोतको दाबी छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव विपिन आचार्यले समेत बोकेर हिँडेको आरोप छ । विभागबाट हालै निकालिएका करारका इन्जिनियर हरिश भट्ट र नक्कली लाइसेन्स प्रकरणपछि बुटवल यातायात कार्यालयबाट राजीनामा दिएर हिँडेका टोकराजका नातेदार लक्ष्मण रिजाललाई हटाउन ‘न्वरान’देखिको बल निकालेर लागिपरेको चर्चा छ ।

यातायातमै राज गरेका विवादित बसन्तलाई फेरि विभागको महानिर्देशक बनाएर ल्याए भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अप्ठ्यारोमा पर्ने देखिन्छ । मन्त्री महासेवले यातायातमा यस्ता गलत पात्र आउन नदिन तत्काल कदम चाल्नु पर्ने अवस्था आएको छ । 

क्याटेगोरी : समाचार
ट्याग : #उद्धवप्रसाद रिजाल, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #डा. टोकराज पाण्डे, #बसन्त अधिकारी, #यातायात व्यवस्था विभाग, #हरिश भट्ट कम्प्युटर इन्जिनियर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com