बालेनले राजेन्द्र लिङदेनको पार्टीलाई ५ हजार २ रुपैयाँ बढी जरिवाना तिराए


काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ५ हजार २ सय २२ रुपैया जरिवाना तिराएका छन् । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उक्त जरिवान तिर्न पत्राचार गरेको हो । महानगरले चैत २७ गते राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको विभिन्न क्षेत्रमा फोहोरमैला गरिएको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै जरिवान तिराएको हो ।

महानगरले राप्रपासँग स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९७ बमोजिम ट्राफिक आईल्याण्ड मर्मत सम्भार गर्न २ सय रुपैयाँ रुपैयाँ २१ पैसा असुल गर्ने निर्णय गरेको हो । त्यस्तै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने महानगरको निर्णय छ ।

 

क्षतिपूर्ति तथा जरिवानाको रकम महानगरपालिकाकाको एनआईसी एसिया बैंक खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गरी सो को जानकारी महानगरपालिकालाई दिन अनुरोध गरिएको छ । बालेनले राप्रपाको केन्द्रीय कार्यालय समेत मापदण्डविपरीत रहेको भन्दै भत्काउने निर्णय गरेका थिए । अदालतको आदेशले उक्त भवन अहिलेसम्म जोगिएको छ । राप्रपामाथि बालेनले फोहोरमैला र मर्मत सम्भार पैसा लिने अर्को निर्णय लिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com