मोहन बस्नेतसँग मञ्च सेयर गरेपछि गगन थापाको आलोचना


काठमाडौं । टेरामक्स काण्डमा मुछिएका निवर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग मञ्च साझा (सेयर) गरेपछि कांग्रेस महामन्त्री गगनकुमार थापाको आलोचना भएको छ । प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्काको चुनावी सभामा इलाम पुगेका थापा र टेरामक्स मुछिएका बस्नेत एउटै मञ्चको एकै लहरमा बसेपछि उनको चर्को आलोचना भएको हो ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले उक्त फोटो भाइरल बनाएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति आक्रामक बनेका थापा बस्नेतसँगै बसेको फोटो सार्वजनिक भएपछि रास्वपाका कार्यकर्तालाई निहुँ मिलेको देखिन्छ । स्वास्थ्यमन्त्री हुँदा टेरामक्स काण्डमा झण्डा हल्लाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेका तत्कालीन स्वास्थ्यमन्त्री बस्नेत रास्वपाको तारो बन्दै आएका छन् । उनै बस्नेतलाई साथमा राखेर रविको आलोचना र सुशासनको भाषण गरेपछि रास्वपाका कार्यकर्ताले त्यसलाई भाइरल बनाएका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com