स्वास्थ्यमन्त्री उपेन्द्र यादव शनिबार अमेरिका जाने


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव बैशाख १५ गते शनिबार अमेरिका जाने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका दुई सहसचिव, परराष्ट्रका एक सहसचिव र निजी सचिव (उपसचिव)सहित उनी आइतबार अमेरिका जान लागेका हुन् ।

जनसंख्या विकाससम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सहसचिव विनोदबहादुर कुँवर, डा. चुमनलाल दास र निजी सचिव भवनाथ खतिवडासहित स्वास्थ्यमन्त्री यादव आइतबार अमेरिका जाने कार्यक्रम तय भएको छ । उक्त टोलीमा परराष्ट्र मन्त्रालयका एक सहसचिव पनि रहने छन् । विदेश घुम्न रुचाउने उनी जनसंख्या सम्मेलनका नाममा अमेरिका जान लागेका हुन् । उनीहरू एक हप्ता लामो कार्यक्रममा सहभागी हुन अमेरिका जाने छन् ।

बैशाख २१ सम्म चल्ने जनसंख्या विकाससम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा जनसंख्या विकाससम्बन्धी नेपालको एजेण्डा प्रस्तुत गरिने छ । त्यसैका लागि स्वास्थ्यमन्त्री यादवसहितको टोली अमेरिका भ्रमणमा जान लागेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ