भक्तपुरस्थित प्रत्यारोपण केन्द्रको वार्षिकोत्सवमा लफडा


काठमाडौं । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको वाषिर्कोत्सव मनाउने क्रममा लफडा भएको छ । केन्द्रको १२ औं वार्षिकोत्सव मनाउने क्रममा सेवाग्राहीले प्ले कार्डसहित विरोध जनाएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंह, प्रतिनिधि सभा सदस्य प्रेम सुवालसहितको उपस्थितमा कार्यक्रम गरिरहँदा सेवाग्राहीले बिरोध प्रदर्शन गरेका हुन् । भ्रष्टाचारदेखि उपचार नपाएको विषयलाई लिएर सेवाग्राहीहरुले विरोध गरेका हुन् ।

‘भ्रष्टाचारमुक्त अस्पताल बनाउ, म नसा रोगबाट पीडित मेरो उपचार भएन, म मुटुरोगी मेरो उपचार भएन’ जस्ता नारासहितको प्ले कार्ड बोकेर सेवाग्राहीले केन्द्रको बिरोध गरेका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com