प्रचण्ड-ओलीले फुटाइदिए उपेन्द्रको पार्टी, डा. महतो बन्न सक्छन् स्वास्थ्यमामन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव पार्टी फुटाइदिएका छन् । उपेन्द्र अमेरिकामा भएको बेला उनको पार्टी जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेको हो ।

उपेन्द्रले जसपा नेपालको कार्यबहाक अध्यक्ष बनेर उडेका राजेन्द्र श्रेष्ठ नै उक्त पार्टी फुटाउन निर्वाचन आयोग पुगेका छन् । जसपा, नेपाल संघीय परिषद्का अध्यक्ष अशोक राईसहित सांसदहरु डा. वीरेन्द्रकुमार महतो, प्रदीप यादव, हसिना खान, नवलकिशोर शाह सुडी, रञ्जु ठाकुर र सुशीला श्रेष्ठ नयाँ पार्टीमा लागेका छन् । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको राजेन्द्र श्रेष्ठले बताए । उनले यहीँ गठबन्धनले निरन्तरता पाउने दाबी गरे ।

उपेन्द्रको साथमा भने सांसदहरु राजकिशोर यादव, दीपक कार्की, प्रकाश अधिकारी र रेखा यादव मात्र रहेका छन् । जसपा, नेपालका १२ जना सांसदमध्ये ५ जना उपेन्द्रको पक्षमा र ७ जना अशोक राईको पक्षमा लागेका छन् । वनमन्त्री साह राईतिर लागेका छन् भने राज्यमन्त्री कार्की उपन्द्रसँगै बसेका हुन् ।

प्रचण्ड-ओलीले उपेन्द्रलाई हटाएर डा. वीरेन्द्रप्रसाद महतोलाई स्वास्थ्यमन्त्री बनाउने तयारी गरेका छन् । उनका ज्वाईं उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वीरेन्द्रलाई जोडबल गरेर विभाजन भएको पार्टीमा जान बाध्य बनाएका हुन् । नयाँ पार्टी एमालेमा गाएर गाभिने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ ।

उपेन्द्रलाई साथ दिँदै आएकी रणु यादव, मोहम्मद इस्तियाक राई,रणध्वज लिम्बु, आङकाजी शेर्पालगायत पनि नयाँ पार्टीमा लागेका छन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com