उपेन्द्रका मुख्यमन्त्री बहुमत प्रदेश सांसद लिएर अशोकको पार्टीमा जाने कसरतमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जनता समाजवादी पार्टी(जसपा), नेपालबाट मधेश प्रदेशकाे मुख्यमन्त्री बनेका सरोजकुमार यादव अशोक राई नेतृत्वको नयाँ पार्टीमा जाने कसरतमा रहेको चर्चा छ  । मधेश प्रदेशको नेतृत्वमा टिकिरहन उनले बहुमत प्रदेश सभा सदस्य (सांसद) लिएर अशोक राई नेतृत्वको नयाँ जनता समाजवादी पार्टीमा जाने कसरतमा लागेका हुन् ।

संघमा उपेन्द्रको पार्टी बहुमत सांसद लिएर अशोक राईले फुटाए जस्तै प्रदेशमा पनि सरोजकुमारले विद्रोह गर्ने कसरतमा लागेका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह उपेन्द्र यादवको जनता समाजवादी पार्टी(जसपा), नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टीमा लागेका छन् । उक्त पार्टीको केन्द्रीय सदस्यकै सूचीमा उनको नाम परेको छ । संघमा भएको जनता समाजवादी पार्टी(जसपा), नेपाल फुटको पराकम्पन प्रदेशमा देखिन थालेको हो । नयाँ पार्टीमा नलागे सरोज मधेश प्रदेशको नेतृत्वबाट हट्नु पर्ने अवस्था आएकाले नयाँ पार्टीमा जाने कसरतमा लागेको पाइन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com