उपेन्द्रको स्वास्थ्यमन्त्री पद ‘चैट’ हुने खतरा, ओलीको चर्को दबाव


काठमाडौं । पार्टी फुटेर छट्पटिएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको मन्त्री पद चैट हुने खतरा बढेको छ । जनता समाजवादी पार्टी(जसपा), नेपाल फुटाएर नयाँ पार्टीमा गएकालाई उक्त मन्त्रालय दिन उपेन्द्रलाई बर्खास्त गर्ने तयारी भइरहेको छ । यसका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएको स्रोतको दाबी छ ।

नेपाल फर्किने क्रममा रहेका उपेन्द्रलाई बर्खास्त गरेर पार्टी फुटाएर आएकालाई मन्त्री मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ओलीले दबाव बढाएका हुन् । जनता समाजवादी पार्टी(जसपा), नेपाल फुटाएर अशोककुमार राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ता गराउने क्रममा रहेका सांसदहरुलाई मन्त्री बनाउन दबाव परेको हो । नयाँ पार्टीमा लागेका नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् भने प्रदीप यादव र डा. वीरेन्द्रप्रसाद महतो मन्त्री बन्ने लाइनमा छन् ।

त्यस्तै माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूलाई पनि हटाउन ओलीले दबाव दिएको स्रोतको भनाइ छ । एकीकृत समाजवादीका मन्त्री हटाए उक्त पार्टी फुट्ने ओलीको आँकलन रहेको बुझिन्छ ।

एकीकृत समाजवादीका मन्त्री हटाएर नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य भइरहेको छ । त्यसैले ओलीको ‘टार्गे’टमा अहिले उपेन्द्र र माधवकुमार नेपाल परेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com