बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिदा प्रयोजनविपरीत निजी स्वास्थ्य संस्थामा काम गर्ने  चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज एक निर्देशक जारी गर्दै उक्त चेतावनी दिएको हो । जुन उद्देश्यका लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । बिदा प्रयोजनविपरीत काम गर्नेलाई मन्त्रालय ध्यानाकर्षण गराउँदै बिदा रद्द गर्ने चेतावनी दिएको हो ।

 

 

अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी स्वास्थ्य संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्ने र केहीले विदेशमा समेत कार्य गरेको भेटिएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई त्यस्तो नगर्न ध्यानाकर्षण गराएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com