रञ्जितालाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी थालेका छन् ।

जनता समाजवादी पार्टीका प्रदीप यादव र रञ्जितालाई तत्काल मन्त्री बनाएर प्रधानमन्त्री दाहाल सत्ता समिकरणलाई बलियो बनाउने पक्षमा रहेका छन् । यसका लागि उनले गृहकार्य समेत थालेको उनी निकट स्रोतले बतायो । रञ्जिताले भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री हुने इच्छा राख्दै आएकी छिन् । प्रधानमन्त्री दाहालसँग पटकपटकको भेटमा उनले उक्त मन्त्रालयको दाबी गर्दै आएकी हुन् ।

यता नयाँ बनेको जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने दौडधुपमा लागेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा), नेपाल फुटाएर नयाँ जनता समाजवादी पार्टी बनाउन भूमिका खेलेका प्रदीप स्वास्थ्यमन्त्री बन्न खोजिरहेका छन् । यो विषय प्रधानमन्त्री दाहालले एक/दुई दिनभित्रै निर्णय लिने तयारी थालेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com