गुणस्तरहीन मह बेच्दै डाबर, फिर्ता गर्न गुण नियन्त्रण विभागको निर्देशन
काठमाडौं। डाबरले गुणस्तरहीन मह बेचिरहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबरले गुणस्तरहीन मह बेचिरहेको खुलासा गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन मह बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागकाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो।
विभागले ब्याच नम्बर‘NB00477’ रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। उत्पादनको उत्पादन मिति २०२५/१२ रहेको र उपभोग अवधि १८ महिना रहेको डाबर ब्रान्डको महमा न्यूनस्तरको खाद्य पदार्थ रहेको पाइएको हो। उक्त महको उत्पादक कम्पनी डाबर नेपाल प्रालि जितपुर सिमरा बारालाई विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत पुगेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सक्रिय भएको छ। विभागको एक्सनमा गुणस्तरहीन मह बेच्ने डाबर नेपाल परेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस