दमक नगरपालिकाको अतिक्रमित जग्गा खाली गराउन ३५ दिने ‘अल्टिमेटम’
दमक । दमक नगरपालिकाले नगरको स्वामित्व तथा धनीपुर्जा रहेको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु गर्ने भएको छ । नगर कार्यपालिकाको निर्णयअनुसार अतिक्रमण गरी बसोबास वा प्रयोग गर्दै आएका व्यक्तिलाई आफैं हट्न तथा बन्दोबस्त गर्न ३५ दिनको समय दिइने भएको हो । नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाउन आग्रह गर्दै अटेर गरे बल प्रयोग गरेर भए पनि जग्गा खाली गराइने स्पष्ट पारेको छ ।
नगर प्रमुख रामकुमार थापाले दमक ७ मा भएको सार्बजनिक सुनुवाइमा नगरपालिकाको स्वामित्वमा रहेको तथा धनीपुर्जा भएको कुनै पनि जग्गा अब बेवारिसे अवस्थामा नराखिने बताए। उनले नगरभित्र रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा क्रमशः खाली गराइने र कानुनी प्रक्रिया अनुसार संरक्षण गरिने जानकारी दिए।
नगरपालिकाको यो निर्णयपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास तथा अन्य प्रयोजनमा प्रयोग भइरहेका क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस