ट्रेड युनियनका नाममा खेलोफड्को गर्ने ‘कामचोर’ कर्मचारीमाथि बालेन सरकारको एक्सन, गृह जिल्लामा खटाउन सक्ला?


काठमाडौं। दलिय ट्रेड युनियनका नाममा खेलोफड्को गर्ने ‘कामचोर’ कर्मचारीमाथि बालेन सरकारले एक्सन लिन सुरू गरेको छ। दलीय ट्रेड युनियनका नाममा दशकौंदेखि एकै ठाउँमा लुटको साम्राज्य खडा गरेका ‘कामचोर’ कर्मचारीमाथि बालेन सरकारले एक्सन लिएको हो। कर्मचारीलाई दलीय राजनीतिभन्दा जनताको सेवामा समर्पित गर्ने उद्देश्यले १० औं वर्षदेखि एउटै कार्यालयमा अड्डा जमाएर नेतागिरी गर्दै आएका सुब्बा’साहेब’हरूलाई जिल्ला प्रशासन कार्यालय खटाउने तयारी गरेको छ। गृह मन्त्रालयले दलीय ट्रेड युनियनका नेताहरूलाई जन्मिएको ठाउँ हेरेर गृह जिल्ला खटाएर जनताको सेवामा समर्पित हुने अवसर प्रदान गर्नुपर्ने देखिन्छ। सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि गृह मन्त्रालयमा दलीय ट्रेड युनियनका नेताहरू पठाएको छ। गृह मन्त्रालयले उनीहरूलाई गृह जिल्लामा खटाउन सक्छ कि सक्दैन भनेर हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तमकुमार कटुवाल गृह मन्त्रालय सुरूवा भएका छन्। कृषि मन्त्रालयको आकर्षक मानिने राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वरबाट गृह मन्त्रालय सरूवा भएको छ। लामो समयदेखि कृषिमा उनी कृषिमा बसेका नायब सुब्बा हुन्। उनी २०७८ साउनदेखि राष्ट्रिय खोप उत्पादन प्रयोगशाला कार्यरत थिए। ट्रेड युनियन खारेज गर्ने बालेन सरकारको निर्णयपछि कटुवालको गृहमा सरूवा भएको हो।

एमाले निकट दलीय ट्रेड युनियनका नेता भएर महालेखा नियन्त्रक कार्यालयमा एकछत्र राज गरेका हेमचन्द्र कार्की भने राष्ट्रिय खोप उत्पादन प्रयोगशालामै जमेर बसेका छन्। उनको भने सरूवा भएको पाइँदैन। कार्कीमाथि पनि बालेन सरकारले एक्सन लिन जरूरी छ।

नेपाली कांग्रस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष कटुवाल, उपमहासचिव गणेश भण्डारीलगायतका पदाधिकारीको गृह मन्त्रालयमा सरूवा भएको छ। उनीहरूलाई घर पायक जिल्लामा खटाउन जरूरी देखिन्छ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेरा जमाएर बस्दै आएका छन्। सामान्य प्रशासन मन्त्रालयको स्टोरमा रजगज गर्दै आएका र गाडी चढ्ने गरेका अधिकारीलाई गृह मन्त्रालय पठाएर गृह जिल्ला खटाउदा जनताको सेवा गर्ने मौका मिल्ने देखिन्छ।

बालेन सरकारले ओलीका प्रिय पात्र कर्मचारी संगठनका सचिव अधिकारीसहित दशकौंदेखि रजगज गर्दै आएका सचिवालय सदस्य उमेश पराजुली, बामदेव ओलीलगायतलाई गृहमा लगेको छ। बालेन सरकारले उनीहरूलाई जनताको सेवा गर्ने सक्रिय कार्यालयमा व्यवस्थापन गर्न खोजेको देखिन्छ। उनीहरूलाई गृहमार्फत जनताको सेवामा खटाउन गृह मन्त्रालय सक्रियता देखाएको हो।

उनी जस्ता दलीय ट्रेड युनियनका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ। त्यसका लागि बालेन सरकारले तत्काल एक्सन लिन जरूरी देखिन्छ।

माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टको नापी विभाग र पूर्वअध्यक्ष हरिबहादुर रावलको गृहमा सरूवा गरिएको छ। गृह मन्त्रालय उनीहरूलाई गृह जिल्लामा खटाएर उचित व्यवस्थापन गर्ने सम्भावना उच्च रहेको छ।

स्वतन्त्र निजामती कर्मचारी अभियानको संयोजक घोषणा गरेर हिँडेका पशुपति पोखरेल पनि गृहमै पुगेका छन्। उनले पनि जनताको प्रत्यक्ष सेवा गर्न पाउने भएका छन्। दलीय ट्रेड युनियनको लाभ लिएर सिंहदरबारमा डेरा जमाएका केही नेता भने सरूवा छुटेका छन्। अर्को लटमा उनीहरूलाई पनि जनताको सेवाबाट बञ्चित गर्न हुँदैन।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अम्बादत्त भट्ट, #उत्तम कटुवाल, #उमेश पराजुली, #पशुपति पोखरेल, #रामचन्द्र अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ