आरतीसहित थपिएका नयाँ ४ सहसचिवको व्यवस्थापन गरियो
काठमाडौं। नेपाल प्रशासन सेवाको खुला तथा समावेशी कोटामा थपिएका ४ जना सहसचिवलाई व्यवस्थापन गरिएको छ। सहसचिव आरती न्यौपानेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा व्यवस्थापन गरिएको छ। उनीबाहेक ३ जनालाई स्थानीय तहमा खटाइएको हो।
खुलाबाट १ नम्बरमा सिफारिस भएका विजयकुमार शर्मालाई विराटनगर महानगरपालिकामा खटाइएको छ। टेकबहादुर वलीलाई हेटौंडा उपमहानगरपालिकामा पठाइएको हो।
पिछडिएको क्षेत्रबाट सहसचिव बनेका बसन्तबहादुर बोहरालाई वीरगञ्ज महानगरपालिका पठाइएको छ। वीरगञ्जमा हाजिर नगराइएका रेशमलाल कँडेललाई कलैया उपमहानगरपालिका सरूवा गरिएको हो। सरकारले सबै उपमहानगरपालिकामा सहसचिव पठाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस